असोज १३ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी केहीबेर अघि बालुवाटार पुगेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताईएको छ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेट्न पुगेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।
.jpg)

