मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एकीकृत समाजवादीले अवसरवादी चरित्र देखायो :अध्यक्ष ओली

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 224
    SHARES
  • एकीकृत समाजवादीले  अवसरवादी चरित्र देखायो :अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताएका छन् ।

    images

    सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको बताएका हुन् ।

    अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लागाएका छन् । 

    images

    उनले भने,‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रमा भएपनि कदम चाल्यो। आन्तरिक रुपमा बोली व्यवहार, बार्गिनिङ त त्यस्तै खालका छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो। यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने तर कांग्रेस केन्द्रित समिकरणबाट सहकार्य गरेर नागरिक उन्मुक्तिलाई नै समर्थन गरेको छ।’

    उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परे टिप्पणी गरे।

    ओलीले भने,‘ कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागि परेको छ। तर, यसले केहि फरक पार्दैन। हामी अगाडि बढ्नुपर्छ। राष्ट्रिय शक्तिको रुपमा एमालेलाई निर्णायक शक्तिको रुपमा अगाडि बढाउनुपर्छ। मिसन ८४ सफल बनाउनुपर्छ।’