काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् ।
सोबार विश्वसम्पदा दिवसका अवसरमा तनहुँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।
राष्ट्रपति पौडेलले भने, यसको लागि पहिलो सर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ,’ ।
उनले तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको उल्लेख गरे ।
‘पछिल्लो समयमा पर्यटकीय नगरी बन्दिपुर र तनहुँसुरमा शहीद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यहरूको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए ।
‘उनले भने, पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक, र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ’ ।
उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजना समेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्यन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिनेनै छ भन्ने विश्वास व्यक्त गरे ।
.jpg)


