मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 258
    SHARES
  • राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ: प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । 

    images

    सोमबार नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् । उनले यो सुरूङमार्गले नेपाललाई सुरूङ युगमा पु¥याउन महत्त्वपूर्ण योगदान गर्ने बताए । 

     प्रधानमन्त्री प्रचण्डले भने, “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ”, “यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ”, ।“यसले नेपाललाई सुरूङ युगमा पु¥याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।” 

    images

    प्रधानमन्त्री दाहालले सुरूङ निर्माणपश्चात् सुरूङमार्गले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौं र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए । 

    “यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यसले नेपाललाई सुरूङ युगमा पु¥याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।”

    उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने उल्लेख गरे । 

    438692107_951432296347167_6228822096555978581_n.jpg