मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सल्यानका सभापति विष्टमाथि भएको सांघातिक हमलाको कांग्रेसद्वारा घोर भर्त्सना

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 349
    SHARES
  • सल्यानका सभापति विष्टमाथि भएको सांघातिक हमलाको कांग्रेसद्वारा घोर भर्त्सना

    काठमाडौं । नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ ।

    images

    सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्टमाथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

    कांग्रेसले यस घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानुनी कारवाहीका लागि सरकारसँग माग गरेको छ ।

    images

    Baishakh 03, Kesh Bahadur Bista, President_Salyan.jpg