सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 268
    SHARES
  • बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

    काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ । 

    images

    नेपाल आयल निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो ।

    निगमका अनुसार आइओसीले पेट्रोलको मुल्य लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६ पैसा बढाएर नयाँ मूल्य पठाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

    images

    यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १५८ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १६० रूपैयाँ पर्नेछ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७८ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १६१ रूपैयाँ पर्नेछ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

     

    price-hike.jpg