काठमाडौं । मंगलबार नेपाली बजारुमा सुनचाँदीको मुल्य बढेको छ ।
सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


