मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: झलनाथ खनाल

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 201
    SHARES
  • सुदूरपश्चिमको मुख्यमन्त्रीको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्रीको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सकारात्मक कुराकानी भएको बताएका छन् । 

    images

    मंगलबार बिहान प्रधानमन्त्री दाहालसँग भएको भेटमा मुख्यमन्त्रीको दाबीमा देखिएको समस्या मिलाउने विषयमा छलफल भएको हो ।

    नेता खनालले भने, ‘सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो समस्या छैन । यसैका कारण गठबन्धनमा समस्या सिर्जना पनि हुँदैन,’ । ‘त्यहाँ एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनेबित्तिकै सबैकुरा मिल्छ । मैले यही कुरा प्रधानमन्त्रीलाई भनेँ ।’

    images

    आजको भेटमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको खनालले बताए । तीनैजना बीच एक खालको समझदारी बनेको उनको भनाई छ ।