सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 253
    SHARES
  • नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । 

    images

    आर्थिक वर्ष २०७९र०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको पाँच प्रतिशत लाभांश घोषणा गरेको हो ।

    सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    images

    उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपश्चात् लाभांश वितरण हुनेछ ।