मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महालेखापरीक्षकमा तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 254
    SHARES
  • महालेखापरीक्षकमा तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    images

    समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताएका हुन् ।

    प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images

    संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।