मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पार्टीमा गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको छ: गगन थापा

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 249
    SHARES
  • पार्टीमा गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको छ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन् ।

    images

    मंगलबार ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा धनगढीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले विकासका सवालमा दलहरूबिच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

    उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुवाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ, ।’

    images

    पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए ।