काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य भने ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


