शनिबार, भाद्र २७ गते २०८३
images

सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 256
    SHARES
  • सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

    काठमाडौं । आजदेखि सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदैछ ।

    images

    भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

    भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

    images

    भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ ।  कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

    सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।