सोमबार, कार्तिक १७ गते २०८३
images
images

राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ: चन्द्रप्रसाद ढकाल

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 217
    SHARES
  • राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ: चन्द्रप्रसाद ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्ने बताएका छन् ।  

    images

    बिहीबार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजश्व वृद्धि, मुलुकभित्रै रोजगारी सिर्जना हुने बताउदै उनले स्वास्थ्य, शिक्षा र मेडिकल क्षेत्रमा निजी क्षेत्रको लगानी वृद्धि गर्न नहुने जिम्मेवार व्यक्तिहरूले भन्नु गलत भएको बताए । 

    उनले भने,"स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न हुँदैन भन्ने विषय आएको छ । केही जिम्मेवार व्यक्तिहरूले नै मेडिकल र शिक्षामा फाइदा गर्ने होइन हुन सक्दैन भन्नुभयो । त्यस्तो हुँदा फाइदा नहुने क्षेत्रमा निजी क्षेत्रको लगानी कसरी आउँछ ? सबैभन्दा पहिला राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ । त्यसपछि मात्रै राजश्व बढ्छ । त्यो लगानीबाट राजश्व संकलन गरी राज्यले पूर्वाधार बनाउन सक्ने भयो भने सरकारले बनाउने पूर्वाधारमा प्राथमिकता दिऔँ । तर अहिले जुन हिसाबको मेकानिजम बनेको छ । त्यसले काम गर्न सहज छैन ।"

    images

    सरकारले निजी क्षेत्रले दिने सुझाव निजी क्षेत्रको स्वार्थको लागि मात्रै दिने गरेको भन्ने परम्परागत सोचमा परिवर्तन गर्न जरुरी रहेको उनको भनाई छ । 

    "निजी क्षेत्रले दिएका सुझावहरूलाई निजी क्षेत्रको स्वार्थको लागि होइन भन्ने सोच परिवर्तन गर्न जरुरी छ । त्यो परिवर्तन भएको जस्तो आभास भएको छ । स्वास्थ्य उपकरण उत्पादनदेखि स्वास्थ्य शिक्षाको क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने र लगानी सुरक्षित हुने वातावरण बनाउन सकियो भने राज्यलाई राजश्व बढाउने, रोजगारी सिर्जना गर्ने मद्दत पुग्छ "उनले भने । 

    उनले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सरकारले लगानी वृद्धि गर्ने वातावरण बनाए मात्रै राजश्व वृद्धि र रोजगारी सिर्जना गर्ने मद्दत पुग्ने दाबी गरे ।