शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक छ: उपेन्द्र यादव

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 336
    SHARES
  • स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक छ: उपेन्द्र यादव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन्।

    images

    बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरण आयात हुने गरेको बताएका हुन्। 

    उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशतमाथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको उल्लेख गरे । ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गरे।

    images

    स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिन्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिन्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए।

    यादवले भने, "नेपाल सिरिन्जमा विदेशीमा निर्भर भएको र आफ्नो उत्पादन नभएको ठाउँमा फरच्युना सिरिन्ज उद्योगले स्वास्थ्य उपकरणको क्षेत्रमा बजार पाउनेछ। स्वास्थ्य उपकरणमा निजी क्षेत्र र सरकारी क्षेत्रमा हेर्दा वार्षिक रूपमा खर्बौंको आयात गरिरहेका छौं। ठूला उपकरणहरु उत्पादन गर्न सम्भव नभएपनि सामान्य उपकरणहरू उत्पादन गर्न हाम्रै मुलुकमा सम्भव रहेको छ। त्यसको लागि निजी क्षेत्र तयार हुनुपर्छ।"

     उनले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गरे।