काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।
शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका थापाले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताएका हुन् ।
उनले भने,‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज’ । ‘अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।’
उनले चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।
‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो’ ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ ।’ उनले भने
इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।
.jpg)


