मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अहिलेको सत्ता समिकरणमा कुनै समस्या छैन संसद्को पूरा कार्यकालसम्म जान्छ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
बैशाख ९, २०८१ आइतबार
  • 221
    SHARES
  • अहिलेको सत्ता समिकरणमा कुनै समस्या छैन संसद्को पूरा कार्यकालसम्म जान्छ: प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका छन् । 

    images

    आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको समिकरण संसद्को पूरा कार्यकालसम्म जाने बताए । 

    प्रधानमन्त्री दाहालले अहिलेको एमाले र माओवादीको सहकार्यलाई भविष्यमा वाम गठबन्धन बनाउन सकिने सम्भावना रहेको बताए । 

    images

    विमानस्थलमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी थिईन् ।