आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओली पुगे विधान महाधिवेशन स्थल गोदावरी

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 625
    SHARES
  • ओली पुगे विधान महाधिवेशन स्थल गोदावरी

    असोज १३ काठमाडौं । एमालेको विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका छन् । 

    images

    महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

    हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् । 
     

    images