मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ: रेखा शर्मा

एक्सप्रेस पाना
बैशाख ९, २०८१ आइतबार
  • 227
    SHARES
  • सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ: रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताएकी छन् । 

    images

    आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटमा मन्त्री शर्माले सरकारले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताएकी हुन् । उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताइन् ।

    उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास सँगै सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ । हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रुपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको संचालन, व्यवस्थापन गरिरहेका छन ।’

    images

    मन्त्री शर्माले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यसको समसामयीक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिइन् ।