काठमाडौं । आज बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय हुने सम्भावना रहेको बताइएको छ ।
बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ ।
.jpg)


