काठमाडौं । सोमबार सेयर बजार घटेको छ ।
आज सेयर बजार १५.४१ अंकले घटेर १९६९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भएको छ ।
४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो ।