मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गणतन्त्र रक्षा र सबलीकरणमा सबै राजनीतिक दलहरु एकताबद्ध हुन जरुरी छ :अध्यक्ष ओली

एक्सप्रेस पाना
बैशाख १०, २०८१ सोमबार
  • 172
    SHARES
  • गणतन्त्र रक्षा र सबलीकरणमा सबै राजनीतिक दलहरु एकताबद्ध हुन जरुरी छ :अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

    images

    सोमवार ललितपुरको गोदावरीस्थीत सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
     
    अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउदै उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए ।

    सरकार र वर्तमान सत्तारुढ दलहरूले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने उनको भनाई छ । 

    images

    उनले भने, "अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं। अहिले सहकार्यको माध्यमबाट अगाडि बढ्छौ। र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं। त्यस बिन्दुमा पुग्न सक्छौँ। अहिले सिंगै देश एक हुनुपर्दछ। सिंगै देश के कुरामा एक हुन सकिन्छ भने अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔं। यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔं"

    ओलीले एमालेले नाजायज ढंगले कुनै पनि खालको अडान नराख्ने जिकिरसमेत गरे। उनले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याए।