सोमबार, कार्तिक १७ गते २०८३
images
images

लगानी सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने छ :अर्थमन्त्री  पुन

एक्सप्रेस पाना
बैशाख ११, २०८१ मंगलबार
  • 223
    SHARES
  • लगानी सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने छ :अर्थमन्त्री  पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन्। 

    images

    सोमबार लगानी बोर्डद्वारा आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको बताएका हुन् । 

    लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई देशकै भएको  बताउदै उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे।

    images

    उनले भने, ‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन’,  ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन, प्रतिपक्षको पनि हो र यो नेपालको हो। सम्मेलनको उदघाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौं।’

    मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता यथावत् रहेको बताए।

    ‘सरकारमा अनुहार फेरिने गरेको छ। तर, नीतिगत निरन्तरता छ’, पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौं। सिमेन्टमा आन्तनिर्भर मात्र भएका छैनौं, निर्यात हुन थालेको छ।’

    मन्त्री पुनले पहिलो र दोस्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेस्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए।

    पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलो संख्यामा वैदेशिक लगानी भित्रिने उनको विश्वास छ।

    ‘