काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य मंगलबार घटेको छ ।
आज छापावाला सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


