मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ: गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
बैशाख ११, २०८१ मंगलबार
  • 238
    SHARES
  • सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ: गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । 

    images

    मंगलबार इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

    उनले भने , ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ’ ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ।’

    images

    लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताए । उनलेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्क्याउने दाबी गरे ।

     ‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यस पटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्क्याउने छन्’ उनले भने– तर यो झुक्क्याइले देशभर परिवर्तनको लहर ल्याउने छ। र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।’ पुराना दलले वर्षौँसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई नै भोट दिने कि मत बदल्ने भन्ने प्रश्न गर्दै लामिछानेले ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो । पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस्। तर, मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनु पर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने बेला भइसक्यो।’

    मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै लामिछानेले सचेत रहन आग्रह गरे।