मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल भ्रमणमा रहेका कतारका शेख आजै स्वदेश फर्कने

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 221
    SHARES
  • नेपाल भ्रमणमा रहेका कतारका शेख आजै स्वदेश फर्कने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज द्विपक्षीय वार्ता हुने भएको छ । 

    images

    दुई दिने नेपाल भ्रमणमा रहेका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

    वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

    images

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने बताइएको छ । 

    यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना समेत गरेका थिए ।