शनिबार, भाद्र २७ गते २०८३
images

लु बाट बच्न के गर्ने, के नगर्नै ?

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 334
    SHARES
  • लु बाट बच्न के गर्ने, के नगर्नै ?

    काठमाडौं । पछिल्लो समय लिन प्रतिदिन बढ्दो गर्मीको काराण स्वाथ्यमा विभिन्न किसिमको समस्याहरुले सताउने गर्दछ ।

    images

    तराई क्षेत्रका अधिंकांस क्षेत्रमा गर्मी समयमा देखिने समस्या मध्ये एक हो लू । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ। गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो ।

    images

    ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।

    शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको जानकारी दिए । उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे ।

    बच्न के गर्ने ?

    लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको शीतल हुने कपडा लगाउनु पर्दछ ।

    घर बाहिरको काम बिहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खाने गर्नुपर्दछ ।

    के नगर्नै ?

    दिउँसो सकभर घर बाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त्र मात्रामा पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब आउने हुँदा चिया, कफी, सोडा जस्तो पेयपदार्थ नपिउन आग्रह गरिएको छ ।