मंगलबार, कार्तिक १८ गते २०८३
images
images

निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी छ हामीले चुनाव जितिसकेका छौँ  :स्वर्णिम वाग्ले

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 296
    SHARES
  • निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी छ हामीले चुनाव जितिसकेका छौँ  :स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन्। 

    images

    इलाम उपनिर्वाचनको मौन अवधि सुरु हुनुअगावै बुधबार पार्टीले राखेको बृहत् आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको बताएका हुन्।

    वाग्लेले भने, ‘राजनीति भनेको अंकगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ तर हामीले चुनाव जितिसकेका छौँ’, ।

    images

    रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा वैशाख १५ मा हुनलागेको उपनिर्वाचनको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । 

    बुधबार राति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुनुअगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बाजरमा बृहत् आमसभाको आयोजना गरेको छ ।

    मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्धविरोधी राजनीतिक दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए। 

    उनले भने  ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन्’, ।

    इलामको चुनावी प्रचारप्रसारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन्।