काठमाडौं । बुधबार नेपाली सेयर बजार झिनो अंकले सुधार भएको छ ।
आज सेयर बजार ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको छ ।
.jpg)


