काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
आज युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।

.jpg)


