काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


