मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिन सकेको छैन्  :उपेन्द्र यादव

एक्सप्रेस पाना
बैशाख १३, २०८१ बिहीबार
  • 203
    SHARES
  • सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिन सकेको छैन्  :उपेन्द्र यादव

    काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६औँ पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, ऊर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन् । 

    images

    बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले कृषिलाई औद्योगीकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र ,उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । 

    उपप्रधानमन्त्री यादवले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको उल्लेख गरे । 

    images

    उनले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६औँ पञ्चवर्षीय योजनामा नराखिएको बताउदै  नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने विषय पनि सरकारको प्राथमिकतामा नपरेको बताए ।