मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक छ :राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
बैशाख १३, २०८१ बिहीबार
  • 272
    SHARES
  • आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक छ :राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।

    images

    बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा काठमाडौंमा सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    राष्ट्रपति पौडेलले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुसीको कुरा भएको बताउदै उनले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताए ।

    images

    उनले भने "ऊर्जाको उत्पादन र निर्यात बढ्दो छ, यो हाम्रो लागि खुसीको विषय हो । नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको भन्ने मलाई लाग्दछ "

    उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । उनले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानुन, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताए ।

     उनले भने,"विशेष गरी बहुदलीय लोकतन्त्र र प्रजातन्त्रपछि निजी क्षेत्रलाई ऊर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको हो । नेपाल सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली छिमेकी देश भारतमा निर्यात गर्नेगरी सम्झौता गरिसकेको छ । यसैगरी नेपाल सरकारले वि.सं.२०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रीज्यूले २८ हजारको लक्ष्य राख्नुभएको छ, मन्त्रालयले धेरै नै लिएको छ । यसले नेपालीलाई खुसी बनाउँछ, यसमा सरकार र निजी क्षेत्रको उत्तिकै दायित्व छ भन्ने म ठान्दछु । लक्ष्यप्राप्तिका लागि लगानीमैत्री वातावरणको आवश्यकता छ ।"

    राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले हिमालय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानीय रहेको बताए ।