आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा हरियाली, ५० दशमलव ५८ अंकले उकालो

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 388
    SHARES
  • सेयर बजारमा हरियाली, ५० दशमलव ५८ अंकले उकालो

    असोज १३ काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५० दशमलव ५८ अंकले बढेर दुई हजार ६६५ दशमलव ९३ बिन्दुमा पुगेर कारोबार बन्द भयो  । 

    images

    आज २२९ कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अर्ब २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सबै समूहमा हरियाली छाएको छ । फाइनान्स र हाइड्रोपावर सबैभन्दा धेरै अंकले उकालो लागेका छन् । आज यिनीहरू दुवै समूहको उपसूचकमा चार अंकभन्दा बढीको सुधार भएको छ ।

    images

    त्यस्तै, म्यूचल फन्ड समूहको सूचकमा शून्य दशमलव ५९ अंकको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा एकदेखि तीन प्रतिशतसम्मको सुधार भएको छ । 

    आज सबैभन्दा धेरै कारोबार गर्नेमा अस्ट्रेलियन फर्मासेटिकल्स रहेको छ । कम्पनीले २२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । बैंक ३५ दशमलव ४० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा मेगा बैंकका लगानीकर्ता छन् । बैंक १४ अंकले घाटामा गएको छ ।