काठमाडौं । सरकारले नियमित प्रक्रियाबाट सहकारी समस्याको समाधान नहुने बताएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्या समाधानका लागि चाँडै प्रक्रिया थाल्ने निर्णय गरे पनि प्रक्रिया भने निर्धारण नगरेको बताइन्
सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान सम्भव नरहेको बताइन् ।
उनले भनिन्,“सामान्य, नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान हुँदैन भन्ने कुरामा मन्त्रिपरिषद् बैठक एकमत जस्तो बनेको छ,” सहकारी समस्या समाधान विद्यमान कानुनबाट पनि यो सम्भव छैन । विद्यमान संचनाबाट पनि यो सम्भव छैन ।” “आवश्यक पर्यो भने नयाँ कानुन बनाउनुपर्छ र नयाँ संरचना पनि बनाउनुपर्छ । सहकारीपीडितका समस्या छन्, त्यसलाई छिटोभन्दा छिटो समाधान गनुपर्छ,” । “त्यसको हल गर्नका निम्ति आवश्यक कानुनी प्रक्रिया र संरचनाको कुरा पनि फास्ट ट्रयाकबाट गर्नुपर्छ भन्ने कुरामा गम्भीरतापूर्वक छलफल भएको छ ।”
उनले प्रक्रियाको कुरा भने सम्बन्धित मन्त्रालयले वर्कआउट गरेर थप कुरा अघि बढ्ने जानकारी दिइन् ।
.jpg)


