मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डढेलो नियन्त्रण गर्न संवेदनशील बनेन सरकार : शेखर कोइराला

एक्सप्रेस पाना
बैशाख १४, २०८१ शुक्रबार
  • 237
    SHARES
  • डढेलो नियन्त्रण गर्न संवेदनशील बनेन सरकार : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । 

    images

    उनले सामाजिक सञ्जालमार्फत डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील नदेखिएको आरोप लगाएका हुन् ।

    डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

    images

    नेता कोइरालाले भनेका छन्, ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो, अरबौँको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ । ‘बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

    Screenshot 2024-04-26 081908.png