सोमबार, कार्तिक १७ गते २०८३
images
images

आर्थिक विकासका लक्ष्य प्राप्तिमा केन्द्रीय बैंक प्रतिबद्ध छ: गभर्नर अधिकारी

एक्सप्रेस पाना
बैशाख १४, २०८१ शुक्रबार
  • 224
    SHARES
  • आर्थिक विकासका लक्ष्य प्राप्तिमा केन्द्रीय बैंक प्रतिबद्ध छ: गभर्नर  अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताएका छन् । 

    images

    शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै गभर्नर अधिकारीले मुलुकको समष्टिगत आर्थिक विकास एवम् दिगो विकासका खातिर मुलुकको वित्त प्रणाली, कारोबारको प्रविधिकरणसँगै सहजीकरणमा केन्द्रीय बैंकले सधैँ भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् । 

     शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

    images

    govaerner.PNG