मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम र बझाङमा मतदान सुरू,अपराह्न ५ बजेसम्म जारी रहने

एक्सप्रेस पाना
बैशाख १५, २०८१ शनिबार
  • 300
    SHARES
  • इलाम र बझाङमा मतदान सुरू,अपराह्न ५ बजेसम्म जारी रहने

    काठमाडौं । इलाम क्षेत्र नम्बर–२ र बझाङ–१ को ‘क’मा मतदान सुरू भएको छ ।

    images

    बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

    प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेशतर्फ बझाङ–१ को ‘क’मा ११ उमेदवार चुनावी मैदानमा छन् । इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।

    images

    बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

    इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ को ‘क’का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।