काठमाडौं । प्रतिनिधि सभा उपचुनाव अन्तर्गत् इलाम-२ को मतगणनाका लागि सर्वदलीय बैठक जारी छ ।
राजनीतिक दलका उम्मेद्वार , स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक सुरू भएको हो ।
शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको छ । बैठकपश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बताएका छन् । इलाम नगरपालिका २ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो ।
यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । केहि मतपेटिका आउन बाँकी छ । बाँकी मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताइएको छ ।
.jpg)


