काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै पहिलो स्थानमा अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले १० हजार ३ मत ल्याउदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पाँच हजार ५९१ मत पाएर तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बू १ हजार ४४३ मत ल्याएर चौथो स्थानमा छन्।
अहिलेसम्म २४ हजार ७३८ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
.jpg)


