मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बझाङमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

एक्सप्रेस पाना
बैशाख १७, २०८१ सोमबार
  • 233
    SHARES
  • बझाङमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

    काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

    images

    भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । 

    उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

    images

    माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

    २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।