मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फराकिलो मतान्तरसहित इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ  विजयी

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 240
    SHARES
  • फराकिलो मतान्तरसहित इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ  विजयी

    काठमाडौं ।  इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

    images

    सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

    images

    कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।