काठमाडौं । मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।
सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।
.jpg)


