काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई तथा शुभकामना दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै जनअपेक्षाअनुरुप कार्यसम्पादन गर्न सफल सक्षम हुन भन्दै सुभेक्षा जनाएको छ ।
रास्वपाले आफ्नो पार्टीको हारको विषयमा गम्भीर समीक्षा गर्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ’ ।
पूर्वसभाभुख एवं एमालेका तत्कालीन नेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयाघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ चुनाव भएको हो । एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ५ हजारभन्दा बढी फराकिलो मतान्तरले जीत हाँसिल गरेका हुन् ।
सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ मत ल्याउँदा रास्वपाले ५ हजार ५० मत ल्याएको छ ।

.jpg)


