काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको समृद्धिको जिम्मा र नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् ।
मंगलबार इलाम उपनिर्वाचनबाट निर्वाचित सांसद नेम्वाङको विजय उत्सवलाई सम्बोधन गर्न पुगेका ओलीले आफूले पूर्व घोषणा गरेअनुसार इलाम र सुहाङ दुवैको जिम्मा आफ्नो काँधमा छाडिदिन अनुरोध गरेका हुन्।
उनले भने, उनले भने ‘इलामको विकासको जिम्मा सुहाङले, सुहाङको पछि म छु, सुहाङले यहाँको जिम्मा लिनुहुन्छ, सुहाङको जिम्मा हामी लिन्छौँ।’'सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न,' ।
नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गरे । उनले भने, '०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ । उहाँले त्यसै भन्नुभयो,'।
एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको बताउदै उनले टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति संकेत गरेका थिए ।
'अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ, । एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?'
नेम्वाङ परिवारमा परेको चोटमा सुहाङलाई उमेदवार बनाएको बताए । उनले राजनीति भनेको एमालेसँग मात्रै भएको बताउदै सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको दाबी गरे ।
.jpg)


