आइतबार, कार्तिक १६ गते २०८३
images
images

दाङमा रासायनिक मलको अभाव

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 351
    SHARES
  • दाङमा रासायनिक मलको अभाव

    असोज १३ दाङ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदा यहाँका किसानले वर्सेनि सास्ती खेप्दै आएका छन् ।

    images

    दाङमा तोरी छर्ने सिजन सुरु भएसँगै रासायनिक मलको अभाव हुँदा किसानहरू चिन्तित बनेका छन् । 

    यस वर्ष मात्र नभई खेतीपातीको समयमा विगतमा पनि रासायनिक मल अभाव हुने गरेको किसानहरूको गुनासो छ । दाङमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारीमार्फत अनुदानको मल वितरण गर्दै आएका छन् । 

    images

    कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल दाङमा आपूर्ति गर्दै आएका छन् । तर, किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानहरू समस्यामा परेका हुन् । 

    तुलसीपुर- ७ गणेशपुरका भागीरथ भण्डारीले मल पाउने आसमा कृषि सहकारी संस्थामा धाउन थालेको एक हप्ता भइसके पनि मल आउने कुनै टुंगो नभएपछि निराश बनेको बताए ।

    सरकारले भारतसँग (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भए पनि मल कहिलेसम्म आइपुग्छ भन्न सक्ने अवस्था नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए ।न्युज कारखाना