सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 190
    SHARES
  • आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने

    काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

    images

    २०८१ बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले शेयरधनी महानुभावहरुलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो । 

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । 

    images

    यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।