मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य कुनै पनि सजाय पाउनु हुँदैन :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 226
    SHARES
  • कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य कुनै पनि सजाय पाउनु हुँदैन :गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् ।

    images

    बिहिबार बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको  उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको बताएका हुन् । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनः स्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको बताए ।

     उनले भने  ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ’, ।  ‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन’,। 

    images

    गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा बताए । 

    उनले भने, ‘आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ’,  । 

    गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे ।