काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मुल्य स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारेबार भइरहेको छ ।
.jpg)


