मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ :सभामुख घिमिरे

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 208
    SHARES
  • संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ :सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    images

    शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

    नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ । लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उनले बताए।

    images

    नेपाली प्रेस लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण सहयात्री भएको र लोकतन्त्र र सञ्चार जगत् एक अर्काका पूरक र सहयोगी रहेको सन्देशमा भनिएको छ ।